धुलिखेलमा तेश्रो अन्तराष्ट्रिय नर्सिङ तथा प्रसुती स्याहार सम्मेलन

सम्मेलनमा विभिन्न देशका २ सय ५० नर्सहरुको जमघट



काभ्रे । 

धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजको आयोजनामा तेश्रो अन्तराष्ट्रिय नर्सिङ्ग तथा प्रसुति स्याहार सम्वन्धी दुई दिने सम्मेलन धुलिखेल अस्पतालमा शुरु भएको छ । सम्मेलनको उद्घाटन बागमति प्रदेश सरकार स्वास्थ्य मन्त्री निमा लामाले गर्नु भएको छ ।

नेपालमा नर्सहरुको ब्यवसायिक विकासलाई प्रर्वद्धन गर्ने उदेश्यले यस अघि पहिलो सम्मेलन २०१४ र दोश्रो सम्मेलन २०१८ मा सम्पन्न गरेको थियो । सम्मेलनको उद्घाटन गर्दै मन्त्री लामाले बागमति प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केहि परिवर्तन शुरु गरेको भए पनि स्थानीय स्तरमा नागरिकहरुले त्यसलाई ग्रहण गर्न अझै समय लाग्ने बताउनुभयो ।

समान्य भन्दा सामान्य सेवा स्वास्थ्य चौकीबाट उपलब्ध हुने गरी पूर्वाधार र जनशक्ति ब्यवस्थापनका लागि तीन तहका सरकारले मिलेर कार्य गर्नु पर्ने मन्त्री लामाले बताउनु भयो । नर्सहरुको ब्यवसायिक विकासलाई प्रर्वद्धन गर्ने उदेश्यमा ज्ञान, सीप र विशेषज्ञता भएका विभिन्न विषयका विशेषज्ञहरुद्वारा साझा लक्ष्यका साथ विरामी समुदायहरुलाई राम्रो हेरचाह प्रदान गर्न जिम्मेवारीहरु बाँडफाँड गर्ने परिकल्पना सम्मेलनले गर्ने धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेज नर्सिङ्ग विभागका कुन्तादेवी पुनले बताउनुभयो ।

क्यानाडा, इजरायल, भारत, जापानबाट समेत गरी २ सय ५० भन्दा धेरै नर्सहरुको सहभागिता रहेको कार्यक्रममा काठमाडौ विश्वविद्यालयका पुर्व उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रोफेसर डा.रामकण्ठ माकजुले धुलिखेल अस्पतालले विरामी र विरामीका कुरुवाहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्न अस्पतालले लिएको लक्ष्य नर्सहरुले पुरा गरेको बताउनु भयो । ‘अझै मेहनत गर्न, नम्र ब्यवहार गर्न, ब्यवसायिक जिम्मेवारी पुरा गर्न जरुरी छ’–संस्थापक प्रमुख डा. रामकण्ठ माकजुले भन्नुभयो –‘प्रविधिको परिवर्तनसँगै आफुलाई पनि परिवर्तन गर्न र विरामीको भावना अनुसार सेवा गर्न सधै तत्पर हुनु पर्छ ।’

काठमाडौ विश्वविद्यालय स्कुल अफ साईन्सका डिन प्रो.डा. राजेन्द्र कोँजुले विरामी प्रति जिम्मेवार बन्ने कर्तब्यबाट विमुख नहुन अनुरोध गर्नु भयो । ‘विरामी, चिकित्सक तथा अन्उ विद्याका ब्यक्तिहरुसँग संचार सम्वन्ध कम हुँदै गएको छ’–डिन डा. कोँजुले भन्नुभयो–‘संचार आदान प्रदान कम हुँदा प्राप्त गर्नु पर्ने गुणस्तरीय सेवामा कमि हुन थालेको छ ।’सम्मेलनको उद्घाटन सत्रमा नेपाल नर्सिङ्ग परिषद्का अध्यक्ष सरला केसीले नर्सिङ्ग क्षेत्रमा सेवा मात्रै नभई शिक्षा पनि गुणस्तरीय हुनु पर्ने बताउनु भयो । ‘प्रविधिको परिवर्तनसँगै नर्सहरुले स्वभाव बदल्नु पर्छ’– अध्यक्ष केसीले भन्नुभयो–‘प्रविधिलाई आत्मसाथ गर्दै आफुलाई परिवर्तन गराउनु अनिवार्य छ ।’

सम्मेलनको उद्घाटन सत्रमा न्याम्सकी रजिस्ट्रार प्रमिला देवान, मन्त्रालयका सचिव डा. रोशन पोखरेल, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, क्यानाडा स्थित थोम्पसन रिभर विश्वविद्यालयकी डिन डा. रानी एच श्रीवास्ताभ, धुलिखेल अस्पतालका सर्भिस इन्चार्ज डा. राम गुरुङ्ग, क्लिनिकल नर्सिङ्ग इन्चार्ज सुबासना श्रेष्ठ लगायतले धुलिखेल अस्पतालका साथै देश र विदेशमा नर्सहरुले विरामी र विरामीका आफन्तहरुलाई पु-याएको सेवाका सन्र्दभमा भएका अनुभवहरु आदान प्रदान गर्नु भएको थियो ।

सम्मेलनको बन्द सत्रमा विभिन्न क्षेत्रका विशेषज्ञहरुले बहुविषय दृष्टिकोण, मातृ तथा बाल स्वास्थ्य, मानसिक स्वास्थ्उ, शिमुलेसन आदी विषयमा अनुसन्धानमुलक अध्ययनहरु कार्यपत्रका रुपमा प्रस्तुत गर्नेछन् । सम्मेलन बुधबार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्