ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ



जनकपुरधाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (सोमबार) ओली जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गर्दा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

विरोधको संज्ञाको रुपमा चिनिने कालो झण्डा ओलीलाई देखाउन बसेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिइए पनि नाम भने प्रहरीले खुलाएको छैन ।

जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभालाई ओलीले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्