नेपाल उत्पिडित जातिय मुक्ति समाज धादिङको अध्यक्षमा नेपाली

१३ जना सम्मानित



धादिङ ।

नेपाल उत्पिडित जातिय मुक्ति समाज धादिङको चौथो अधिवेशनले जित बहादुर नेपालीलाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

धादिङबेसीमा सम्पन्न अधिवेशनले २५ सदसिय कार्यसमितिको सर्वसम्मत रुपमा निर्वाचन गरेको थियो । निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामबहादुर विक (कालिकोटे), सीता परियार, सचिवमा कृष्ण नेपाली, उपसचिवमा प्रमिला सुनार र शर्मिला वि.क. कोषाध्यामा जुना सार्की निर्वाचित हुनभएको छ ।

कार्यसमितिको सदस्यहरुमा रिता परयार, जुना सार्की, सुनबहादुर विक, मिश्रा परियार, कुमार परियार, यामे सिंदर्की नेपाली, संगम मगराती, मञ्जु बागदास, ररमेश सुनार, लमी कुलु, अनिता विक, सकुन्तला विक, विष्णु मगराती, राजकुमार सेन्चुरी, पहलमान विक, गिता परियार, डम्बर रोक्का र चेतबहादुर सुनार निर्वाचित हुनुभएको निवर्तमान कार्यसमिति अध्यक्ष दिलबहादुर नेपालीले बताउनुभयो ।

नेपाल उत्पिडित जातिय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष मैना अच्छामीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनका अबसरमा नेपाल उत्पिडित जातिय मुक्ति समाज स्थापनाका लागि विशेष योगदान गर्नुभएका १३ जना दलित नेताहरुलाई सम्मान गरेको छ ।दलित आन्दोलन र दलित समूदायको अधिकारका लागि लाग्नुभएका बेनिघाटका ध्रुबराज विक, निलकण्ठका लोक बहादुर नेपाली, गल्छीका सुब्बा रमतेल, गल्छीका गोपि रमतेल, गल्छीका रुपबहादुर रमतेल, थाक्रेका बाबुकाजी कुलु, थाक्रेका जगतबहादुर सुनार, निलकण्ठका चिनिमायाँ परियार, निलकण्ठका चन्द्रमान विक, त्रिपुरासुन्दरीका चतुुर्मान विक, सिद्धलेकका सुुब्बा विक, निलकण्ठका खड्गबहादुर विक र नेत्रावती डबजोङका सन्तबहादुर विकलाई सम्मानपत्र, दोसल्ला ओडाएर सम्मानित गरेको थियो ।दलित समुदायको आर्थिक, सामाजिक राजनितिक अधिकारका लागि एकतावद्ध भएर अघिबढ्ने अधिवेशानले निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्