कमल खत्रीले गरे मेलिना मैनालीसँग इन्गेजमेन्ट



काठमाडौं ।

गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएकाको जानकारी गराएका छन् ।

गायक खत्री  फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कमल नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा संगीतकार हुन् ,भने मेलिना मैनाली रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्