क्रिप्टो व्यवसायी श्रेष्ठलाई धरौटीमा छाड्न आदेश



काठमाडौं ।

क्रिप्टो व्यवसायी अमित श्रेष्ठलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। तत्काल प्राप्त प्रमाणबाट थुनामा राख्नु नपर्ने देखिएको भन्दै धरौटीमा छोड्न अदालतले आदेश दिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गत असार २९ गते पक्राउ गरेको थियो।

उनीमाथि थप अनुसन्धान गर्न कार्यालयले जिल्ला परिसर काठमाडौंमा पठाएको थियो। श्रेष्ठबाट प्रहरीले दुई-दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको थियो। बरामद भएका उपकरणको विश्लेषण गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा पठाइएको थियो।

उक्त ल्याबबाट आएको रिपोर्ट र प्रहरीको अनुसन्धानबाट उनको विभिन्न विदेशी बैंकहरूमा पनि करोडौं रकम रहेको खुलेको थियो। उनले अवैध रूपमा रकम कारोबार गरेको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्