लगनखेलको मञ्जुश्री पेट्रोल पम्प महानगरले गर्‍यो सिल



काठमाडाैं  ।

ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरपालिकाले सिल गरेको छ।

आइतबार महानगरपालिकाले मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि महानगरले सिल गरेको हो।

महानगरका प्रमुख चिरीबाबु महर्जनले यसअघि पटक-पटक जानकारी गराएका थियौं। उहाँहरूले अटेर गरेर नहटाएपछि महानगरले आज सिल गरेको बताए ।

पेट्रोल पम्प अति संवेदनशील भएकाले महानगरले सबै तयारी पुरा गरेर हटाएको उनले बताए। हाल तारजाली गरेर लाहा छाप लगाएर छोडेको छ।

प्रतिक्रिया दिनुहोस्