काठमाडौं म्याराथनमा सेनाका हरिकुमार पहिलो



काठमाडौं  ।

चौधौं काठमाडाैं म्याराथनको उपाधि सेनाका हरिकुमार रिमालले जितेका छन् । रिमालले ४२.१९५ कि.मि.को दुरी २ घन्टा ४० मिनट ४० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उनले उपाधीका साथ १ लाख नगद पुरस्कार राशी पनि हात पारे । दोश्रो स्थानमा रहेका सेनाकै जुनेश खड्काले उक्त दूरी २ घण्टा ४५ मिनट ५९ सेकेन्डमा पूरा गरे । यस्तै, तेश्रो स्थानमा रहेका एपिएफका राजन चौधरीले २ घन्टा ५५ मिनट ४७ सेकेन्डका साथ दूरी पूरा गरे । महिलातर्फ भने प्रतिस्पर्धा नभएको एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ्गले जानकारी गराए ।

राजा मेहता, मिलन तामाङ्ग र नारायण बस्नेत क्रमश चौथो, पाँचौं र छैटौं स्थानमा रहे ।ह्विल चियर तर्फको प्रतिस्पर्धामा जोरपाटीका रामकाजी मिजारले १५ मिनट ४०.६३ सेकेन्डमा साथ प्रथम स्थान हात पारे । यस्तै जाउलाखेलका दीपक श्रेष्ठले १५ मिटन ४४.४५ सेकेन्डका साथ दोश्रो र जोरपाटीकै अर्जुन ढुङ्गानाले १६ मिनट ४६.०९ सेकेन्डका साथ तेश्रो स्थान हात पारे ।
महिलातर्फ बागबजारकी यामी झाक्रीले २१ मिनट २८ सेकेन्डका साथ प्रथम र २३ मिनटका साथ लक्ष्मी घिमिरेले दोश्रो स्थान प्राप्त गरिन् ।

५ कि.मि. स्कुल तर्फ छात्रमा १२ मिनट १९ सेकेन्डका साथ ललितपुरका प्रवीण लिम्बूले स्वर्ण पाए । यस्तै, १३ मिनट ५१ सेकेन्डका साथ छोयागल लामा दोश्रो र १४ मिनट २५ सेकेन्डका साथ अरविन खत्री तेश्रो भए । छात्रातर्फ सरस्वती बोहरा १५ मिनट १२ सेकेन्डका साथ स्वर्ण, आयुषा आचार्य १५ मिनट ४८ सेकेन्डका साथ रजत र भावना नाथ १६ मिनट २० सेकेन्डका साथ कास्य प्राप्त गर्न सफल भए ।

५ कि.मि. पुरुषतर्फ राजेन्द्र तामाङ्ग, अभिषेक पाँचकोटी र यामराज खत्री क्रमश प्रथम, द्वितीय र तृतीय भए । महिलातर्फ अञ्जु खड्का, मनिष गिरी र श्रेवी महर्जन क्रमश प्रथम, द्वितीय र तृतीय भए । ३ कि.मि. मास्टरको पुरुषतर्फ धर्म महर्जन, मनिन महर्जन र भीम बहादुर गुरुङ्ग प्रथम, द्वितीय र तृतीय भए । यस्तै, महिलातर्फ इम्ला प्रधानले स्वर्ण पाईन् ।२१ कि.मि. तर्फ पुरुषमा सुवास गुरुङ्गले प्रथम स्थान प्राप्त गर्दा नवराज बुढा र देवराज बस्नेत क्रमस दोश्रो र तेश्रो भए । महिलातर्फ रेखा विष्ट, लक्ष्मी थापा र निलिमा राउतले क्रमश स्वर्ण, रजत र कांस्य पाए ।

एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा हुने दौड नेपालको सबैभन्दा प्रतिष्ठित र नियमित आयोजना हुँदै आएको म्याराथन हो । दौड यसअघि कोरोना संक्रमणको कारण दुई वर्ष आयोजना हुन सकेको थिएन ।एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रनिङ (एआईएमएस) का आधिकारिक प्रतिनिधि आमिर स्यान्डिबनले त्रिपुरेश्वरबाट सुरु भएर त्यहीं टुंगिने म्याराथनका लागि काठमाडौं, भक्तपुर र भक्तपुरको बाटो रहेको थियो । दौडमा पुरुष र महिला दुवैको म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन समावेश गरिएको थियो तर महिलातर्फ भने प्रतिस्पर्धा नभएको एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ्गले जानकारी गराए । म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, हाफ म्याराथनमा पहिलोले ५०, दोस्रोले २५ र तेस्रोले १० हजार रुपैयाँ जित्ने छन् । प्रतिस्पर्धामा पाँच किलोमिरटको दौड पनि राखिएको छ र यसमा खुल्ला, १० कक्षासम्मका विद्यार्थी तथा ४५ वर्ष माथिको मास्टर्स गरेर तीन विधामा दौड भएको थियो । खुल्ला र विद्यार्थी विधामा पहिलो हुनेले १०, दोस्रो हुनेले ५ र तेस्रो हुनेले ३ हजार रुपैयाँ हात पार्ने छन् । मास्टर्सतर्फ शीर्ष तीन स्थानमा आउनेले ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिस्पर्धामा ३ किलोमिटर ह्विलचेयर, ३ किलोमिटर फेमिली रन र ३ किलोमिटर आमन्त्रित सेलेब्रेटी रन पनि राखिएको थियो । । त्यसमध्ये ह्विलचेयरमा पहिलोले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ जिते । फेमिली रनमा अभिवावकले आप्mना छोरा छोरी हातको हात समातेर भाग लिएका थिए । फेमिली रन लागि आकर्षक उपहारको व्यवस्था गरिएको थियो । काठमाडौं म्याराथनका लागि राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्