कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु



काठमडौं ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । आज ज्यान गुमाउनेसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार दुई सय ९४ जनाको नमुना परीक्षण गर्दा एक सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा एक सय ३३ जना संक्रमण मुक्त भएका छन् । अहिले नेपालमा दुई हजार चार सय ४८ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्