काभ्रे-२ मा गोकुल बाँस्कोटाको नाम सिफारिस

0
Shares

काभ्रे । आगामी निर्वाचनका लागि काभ्रे निर्वाचन क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)ले नेता गोकुल बाँस्कोटालाई सर्वसम्मत सिफारिस गरेको छ । गत सोमबार बसेको एमाले जिल्ला कमिटी बैठकले बाँस्कोटालाई प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरेको हो ।

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ मा बाँस्कोटाको नाम सिफासि गरेको एमाले काभ्रेले जनाएको छ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर-२ बाट ६ जनाको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले बताए ।

जिल्लाले सिफारिस गरेका सम्भावित उम्मेदवारको नाम प्रदेशमा पठाउने निर्णय भएको छ । उक्त निर्णय प्रदेशले केन्द्रमा पठाउने र केन्द्रबाट सिफारिस भएर पुनः जिल्लामा आएमात्रै उम्मेदवार टुंगो लाग्ने अध्यक्ष ब्याञ्जुले बताएका छन् ।

प्रतिनिधिसभा-१ अन्तर्गत प्रदेशसभा (क) मा १५ जना र (ख) मा १२ जनाको नाम सिफारिस भएको छ । २ अन्तर्गत प्रदेशसभा (क) मा ५ जना र (ख) मा ७ जनाको नाम सिफारिस भएको छ ।

त्यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभामा ८ जना र प्रदेशसभामा २७ जनाको नाम सिफारिस भएको छ । एमाले काभ्रेले ब्याञ्जुको अध्यक्षतामा ३ सय ६५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।