काठमाडौं उपत्यकामा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडाैं  ।

केही बेरअघिदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले उपत्यका केहि स्थानमा भारी वर्षा भएको बताइन् । विशेषगरी ललितपुरका जावलाखेल, गोदाबरी, भक्तपुर र काठमाडौंको विमानस्थल क्षेत्रमा वर्षा भइरहेको हो।

भारी बर्षा कारणा केहि स्थानमा उच्च सतर्कता अपनाउन  अनुराेध गरिकाे छ । काठमाडौं उपत्यकामा केही समय वर्षा जारी रहने देखिएको छ। यस्तै खोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्