कोरोना संक्रमण पुष्टि भएपछि साधारण तारेखमा छुटे अपूर्व

0
Shares

काठमाडौं  ।

हास्य कलाकार अपूर्व क्षितिज सिंहलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि बिहीबार साधारण तारेखमा छाडिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार पछि उपस्थित हुने गरी कोरोना संक्रमणको उपचारका लागि उहाँलाई साधारण तारेखमा रिहा गरिएको हो ।

नेवाः समुदायको भावनामा ठेस पु-याउने गरी प्रस्तुति दिएको आरोपमा सिंह पक्राउ पर्नुभएको थियो । नेवा समुदायको आस्थामाथि चोट पु-याउने गरी व्यंग्य गरेको भन्दै उहाँविरूद्ध प्रहरीमा उजुरी परेपछि गत भदौं १२ मा पक्राउ पर्नुभएको थियो ।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि गत मंगलबार प्रहरीले उपचारका लागि उहाँलाई वीर अस्पतालमा भर्ना गरेको थियो । गत बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।