सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक जारी


काठमाडौं । आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउने प्रयास कार्यदलले गरिरहेको छ ।

देशभर प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र छ । प्रत्येक एक निर्वाचन क्षेत्रमा दुई प्रदेश निर्वाचन क्षेत्र छन् । यी निर्वाचन क्षेत्र भागबन्डा गरेर गठबन्धन आवद्ध दलहरु निर्वाचनमा जान लागेका हुन् । तर, सहमति नजुट्दा उम्मेदवारको पनि टुंगो लगाउन दलहरुले सकेका छैनन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।