कानुनी उपचारका लागि सहयोग गर्न क्यानसँग सन्दीपकाे आग्रह



काठमाडौं ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्।

हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।

क्यानलाई सन्दीपले लिग सकेपछि नेपाल फर्कने बताएका छन्। साथै उनले कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बुधबार बताएका थिए। उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्