तारकेश्वर कुङ फु सम्पन्न



काठमाडौं  ।

कुङ फु क्लब नेपालको आयोजनामा एक दिने तारकेश्वर प्रदेशस्तरीय कुङ फु प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं तारकेश्वर नगरपालिका वडा न. ८ स्थित मनमैजु कवडहलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । खेलाडी भित्र रहेको आन्तरिक क्षमतालाई प्रस्फुट गरी खेलाडीलाई खेलप्रति थप हौसला र ऊर्जा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा २०–२५,२५–३० गर्दै ५५–६० तौल समूह गरी समूह बिभाजन गरिएको थियो ।

२ राउन्डमा सम्पन्न खेल हरेक राउन्ड लाई १÷१ मिनेट गरी हारेको दोस्रो राउन्डलाई फाइनल राउन्डका रूपमा खेल सञ्चालन गरिएको थियो । विभिन्न उमेर समूह बाट ६० समूहले सहभागिता जनाएको प्रतियोगितामा काठमाडौं, मकवानपुर, ललितपुर, भक्तपुर, नुवाकोट लगायत विभिन्न जिल्लाका प्रतियोगीहरुले कार्यक्रममा सहभागिता जनाएको थियो ।प्रदेशस्तरीय प्रतियोगिताका रूपमा सञ्चालित प्रतियोगितामा ३०० भन्दा वडी खेलाडी तथा खेल प्रेमीको सहभागीता रहेको थियो । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिसरका उपाध्यक्ष शिव कोइरालाको प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । खेलमार्फत देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडीहरू बैकुण्ठ मानन्धर, दीपक विष्टलगायत खेल जगत्का अन्य विशिस्ट व्यक्तित्वको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा बोल्दै प्रमुख अथिति कोइरालाले अहिलेको सन्दर्भमा खेल महत्वपूर्ण र गौरव गर्न लाएक विधा भएको धारणा राख्दै खेलाडीको कौशलताले नै देशलाई अन्तर्राष्ट्रियरूपमा चिनाउनुका साथै अन्तर वैदेशिक सम्बन्धलाई पनि प्रगाड बनाउँदै लगेको धारणा राख्नुभयो । साथै, कोइरालाले खेलाडीका लागि मात्र नभई हरेक मानिसलाई खेलले स्वस्थ फूर्तिलो र निरोगी बनाउने भन्दै खेल जगतमा मौलाएको अस्वस्थकर राजनीतिलाई परास्त गर्न पनि खेलाडीहरू नै एक जुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सहभागी वक्ताहरूले पनि आजको समयमा आधारभूत आवश्यकता जस्तै खेलको पनि महत्व रहेको यसबाट नै समाज रूपान्तरण गर्न सकिने धारणासमेत राख्नुभएको थियो । कार्यक्रममा खेलमार्फत् देशलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने १० उत्कृष्ट खेलाडीलाई सम्मानका साथै मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

पूर्व खेलाडी एवम् कार्यक्रम संयोजक बबिन्द्र कुमार कार्कीको अध्यक्षतामा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । विगतमा पनि प्रदेश स्तरको मात्र नभई राष्ट्रिय स्तर प्रतियोगितामार्फत खेलाडी र समग्र खेल प्रेमीलाई थप प्रोत्साहित आकर्षक गर्ने कुङ फु क्लब नेपालका अध्यक्ष कुमार पौडेलले जानकारी दिनुभयो । सात उत्कृष्ट टिमलाई ट्रफीसहित सम्मान गरिएको प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई गोल्डेन गोल्ड र सिल्भर गोल्डबाट सम्मानित गरिएको थियो भने प्रयिोगिताको उत्कृष्ट खेलाडीमा महिलामा प्रिज्मा अर्याल र पुरुषमा मदीप गिरी छनोट भएका थिए । प्रतियोगिता भाद्र २० र २१ गरी दुई दिनसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्