१२ सय विद्यार्थी चालक कारबाहीमा



काठमाडौं ।

ट्राफिक प्रहरीले स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित गरी गरेको चेकिङका क्रममा बुधबार ३७ जना बिद्यार्थी चालक कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरी ३७ जना विद्यार्थी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

साउन ३० गतेबाट शुरू भएको स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हालसम्म १ हजार २०२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्