गठबन्धनमा किचलो : तालमेल सजिलो, भागबण्डा पेचिलो



काठमाडौ. । प्रतिनिधि तथा प्ररदेशसभा निर्वाचनको मिति घोणा गर्नुभन्दा अघिदेखि गठबन्धन गरेर जाने निर्णय गरेका सत्तारुढ दलहरुले गठबन्धनमा सिट बाँडफाँटको खाका अझै तय गर्न सकेका छैनन् । दलहरुले आफ्नो सिट संख्या दावीको पुरानै बटमलाइन नछाडेपछि कस्ले कति सिट पाउँने र के आधारमा सिटको भागबण्डा नर्गे भन्ने विषय पेचिलो बनेको हो ।

चुनावको मिति दुई महिना मात्रै बाँकी रहदा सम्म दलहरुबीच भागबण्डाको संख्या र आधारका विषयमा मतएकता नहुँदा विभिन्न चरणमा बसेका शीर्ष नेता तथा कार्यदलका बैठकहरु विना निष्कर्ष टुंगिएका छन् । ३ हप्ता अघि देखि प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनका शीर्ष नेता तथा सिट बाँडफँट कार्यदलको बैठक निरन्तर बसिरहेपनि तार्कीक निष्कर्षमा पुग्न नसकेको नेताहरुले स्वीकार गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभयो । सिट बाँडफाँटको विषय सम्भव हुन्छ, हुन्न भन्ने शंशय कामै रहेको नेपालको भनाइ छ । ‘निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ, हुन्न भन्ने प्रश्न उठेको छ,’ उहाँले भन्नुभयो ।

गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता विकास र समृद्धिको बाटोमा अग्रसर गराउने अभियानका रुपमा लिएका दलहरुनै अहिले सिट भागबण्डामा अल्झीएका छन् । एक सय ६५ संघिय र तीन सय ३० प्ररदेश निर्वाचन क्षेत्र रहेको मुलुकाममा कुन दलले कति क हाँकहाँ लिने लेनदेन गर्ने भन्ने झगडा मिलाउन मुस्कील परेको गठबन्धन दलके नेताहरु बताउँछन् ।

सिट लेनदेनमा नै यति ठूलो कसरत गरेका दलहरुलाई कहाँ कहाँ कसले लिने भन्ने चुनौति पनि बाँकीनै रहेको छ । गठबन्धन भित्रका केन्द्रीय पदाधिकारीहरु सहित शीर्षतहका नेताहरुको निर्वाचन क्षेत्र समेत एउटै पर्ने हुँदा निर्वाचन क्षेत्र व्यवस्थापनमा समेत दलहरुलाई सकस हुने अवस्था छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सत्ता गठबन्धनको कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँटमा समयको चाप बढेको बताउनुभयो । वाहाले भन्नुभयो, ‘गठबन्धनमा सिट बाँडफाँट चाडै सक्नुपर्ने हामीलाई समयको चाप छ’, केही दिनमै न्यायोचित र सम्मानजक रुपले सिट बाँडफाँट सम्पन्न हुन्छ ।’ गठबन्धन दलहरुबीच संघीय र प्ररदेशको सिट संख्या निर्धारण र निर्वाचन क्षेत्रको समेत खाका एकै पटक तयार गर्ने गरीे छलफल भैरहेको कार्कीले बताउनुभयो ।

गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता विकास र समृद्धिको बाटोमा अग्रसर गराउने भन्दै मन्त्री कार्कीले लोकतन्त्रको रक्षा गदै जनताको विकासको चाहानालाई भाषण र टेलिभिजनमा देखिने नभई प्रत्यक्ष अनुभव गर्ने गरी काम गर्न पाँच दलिय गठबन्धन आवश्यक भएर गरिएको बताउनुभयो ।

सबै दलहरुलाई धेरैभन्दा धेरै आफ्नो दलका प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचित होउन् भन्ने चाहना हुनु स्वाभाविक भएको बताउँदै उहाँले तीन आधारमा बाँडफाँट हुने बताउनुभयो । कार्कीले भन्नुभयो, ‘न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुने छ ।’

उता नेपका माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बुधबार सम्ममा भागबण्डाको कुरा टुंगिने बताउनुभएको छ । माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको र त्यसकै वरिपरि सहमति जुट्ने दाहालले विश्वास व्यक्त गनुभयो । उहाँले भन्नुभयो, ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ ।’

नेपाली कांग्रेसले सुरुमा एक सय सिटमा दाबी गरेपनि ८० सिट आसपासमा सहमति हुने सम्भावना रहेको दाहालको भनाइछ । तर नेपाली कांग्रेसको डा शेखर कोइाला समुहले सय सिट भन्दा घटेर गठबन्धनमा संझौता गरे विद्रोह हुँने चेतावनी दिइसकेका छन् । कांग्रेस पार्टी सभापति मेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा निकटका जिल्ला तहका नेताहरुले एक्लै चुनाव जित्ने ठाउँहरुमा गठबन्धन गर्न नसकिने बताएका छन् ।

कांग्रेस भित्रको आन्तरिक गठबन्धन गर्नु पर्नेमा सिद्धान्त नमिल्ने दलहरुसँग मिलेर आफ्नैभित्रको समस्या समाधान नगर्दा पार्टीलाई क्षति हुने नेताहरुले चिन्ता व्यक्त गरेका छन् । यसअघि नै नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका थिए ।

पछिल्लो समयमा बाबुराम भट्टराइ र बामदेव गौतम समेत माओवादी केन्द्रको चिन्हबाट चुनाव लड्ने तयारी गरेका छन् भने लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) समेत गठबन्धनमा सामेल हुने भएपछि दलहरुले दावी गरेको सिट संख्या स्वत घट्ने देखिन्छ । सहमतिका लागि शीर्षतहका नेताहरु र कार्यदलको बैठक नियमित बसीरहेपनि आफ्ना पुरानै अडानमा कायम राखेपछि ठोस निष्कर्ष निस्कन सकेको छैन् ।

सिट बाँडफँट कार्यदलका सदस्य समेत रहनुभएका सञ्चारमन्त्री कार्कीले गठबन्धनमा आवद्ध दलहरुबीच सबैलाई न्यायको अनुभुत हुनेगरी सिट बाँडफाँट प्ररकृया चाडै टुंग्याएर चुनावी कार्यक्रममा जाने तयारी भैरहेको आश्वासन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्