अधिकृतले सेवाग्राहीसँग फोनमै घुस मागेको अडियो सार्वजनिक



काठमाडौं ।

बाह्रबीसे नगरपालिकाका प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टले सेवाग्राहीसँग घुस मागेको अडियो सार्वजनिक भएको छ । उनले फोनबाटै ४० हजार रुपैयाँ घुस मागेको अडिओ सार्वजनिक भएको हो ।

सामाजिक सञ्जालमा लिक भएको अडिओमा भट्टसँग एक सेवाग्राहीको छोटो फोन संवाद भट्ट भन्छन्, ‘अलिअलि मिलाउन त है, पहिलेको के के गर्‍यो । फोर्टी जति यसो गर्नुहोला है । सेवाग्राही दिन तयार भएपछि उनी सोध्छन्, ‘आजै ल्याउने हो कि ?  नभए रेडी बनाइराख्नुस्, भुक्तानीकै दिन गरौंला । तयारी चाहिँ गरिराख्नुस् ’ अडिओमा सुनिन्छ ।

प्रतिक्रिया दिनुहोस्