प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक


काठमाडौं ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । एकीकृत समाजवादीका सचिवसमेत रहेका राईकी आमा धनकुमारी राईको सोमबार बिहान निधन भएको हो । उनी ८४ वर्षकी थिइन् ।

श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।