सञ्चारमन्त्री कार्की सुनसरी-४ बाट सर्वसम्मत सिफारिस



सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

मन्त्री कार्की सत्तारुढ गठबन्धनको कार्यदलको सदस्य तथा नेपाल सरकारका प्रवक्ता हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्की लाई कांग्रेसको क्षेत्र नम्बर-४ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्