रेडक्रस स्थापना दिवसको अवसरमा रक्तदान



काठमाडौं । नेपाल रेडक्रस सोसाइटी ६० औं वर्ष प्रवेशको अवसरमा रेडक्रस गणबहाल उपशाखाले आइतबार काठमाडौंको बसन्तपूरमा भेटघाट एवं रक्तदान कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा राजनीतिज्ञ, समाजसेवी, रेडक्रसकर्मीका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा एक सय ६ चोटी रक्तदान गरिसकेकी रामदेवी श्रेष्ठले रक्तदानले शरीरमा कुनै पनि हानी नोक्सानी नपु¥याउने बरु अरु कसैको जीवन बचाउने भन्दै रक्तदाताहरूको हौसला बढाइरहनुभएको थियो । गणबहाल उपशाखाका सभापति अमृत नाराययण मानन्धरले विपद्का बेलामा उद्धार कार्यमा खट्न रेडक्रसकर्मी सदा तत्पर रहेको भन्दै रेडक्रस स्थापना दिवसको अवसरले सबैलाई समाज सेवाका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

रेडक्रसको स्थापना दिवसको अवसरमा गणबहाल उपशाखाले साँझ बसन्तपूरमा दिप प्रज्वलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्