एकै परिवारका तीन जनाको हत्या


उदयपुर । एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी मृतकका नातेदार हुन् ।

घटना आज बिहान ११ बजे घटेको र शव टुक्राटुक्रा पारेको अवस्थामा भेटिएको र घटनास्थल बरपर प्रहरी परिचालन गरिएको यादवले बताए ।

प्रारम्भिक अनुसन्धानका आधा।मा सबैलाई खुकुरी प्रहार गरिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।