माओवादी पार्टीलाई विधि पद्धतीमा चलाउन प्रयत्न गर्नेछु : संयोजक बम्जन



सिन्धुली । नेकपा (माओवादी केन्द्र) सिन्धुलीको संयोजकमा पानीराज बम्जन चयन हुनुभएको छ । माओवादी केन्द्रको बागमती प्रदेश कार्यालयको गएको १५ गते बसेको विस्तारित बैठकले बम्जनलाई सिन्धुली जिल्ला संयोजकमा चयन गरेको हो ।

यस अघि संयोजक रहेका रामकुमार पौडेल नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेश कमिटिले बम्जनलाई संयोजकमा चयन गरेको हो । आज सिन्धुलीमाढी स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा संयोजकको जिम्मेवारी सम्हाले पछि संक्षिप्त प्रतिक्रिया दिदै संयोजक बम्जनले पाएको जिम्मेवारीलाई प्रभावकारी ढङ्गले निर्वाह गर्दै पार्टीले लिएको नितिहरुलाई कार्यान्वयन गर्न जोड दिने बताउनुभयो ।

क्रान्तिकारी जनआधार र सहिदहरुको रगतले सिन्चित सिन्धुली जिल्लामा पार्टीलाई अहिलेको भन्दा अझ व्यवस्थित रुपमा संचालन गर्दै जनताको विश्वाससिलो पार्टी बनाउन प्रयत्न गर्ने उहाँले बताउनुभयो । सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारी र उत्तरदायित्वलाई पुरा गर्ने बताउदै उहाँले उहाँले पार्टीमा हरेक निर्णयहरु विधि, पद्धती र संस्थागत रुपमा गराउन प्रयास गर्ने बताउनुभयो ।

उहाँले मंसिर ४ गते हुने प्रदेश र संघिय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै पक्षसँग समन्वय र सहकार्य गर्दै ढृणतापुर्वक लाग्ने बताउनुभयो ।

उहाँले पार्टीको तल्लो कमिटिले गरेको गलत रिर्पोटिङका कारण नेतृत्वमा भ्रम सिर्जना हुदाँ केही समस्या उत्पन्न भएपनि स्थानिय तहको निर्वाचनमा पार्टीलाई कुनै असहयोग नगरेको बताउनुभयो । उहाँले पार्टीले टिकट दिएमा प्रदेशसभा सदस्यका लागि चुनाव लड्न सकिने आसय व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्