तीन जना मृत अवस्थामा फेला


काठमाडौं ।

नवलपरासी (पूर्व) र रोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका–११ मजुवास्थित गोरेटो बाटोमा सोही नगरपालिका–११ खयरसाल बस्ने ४५ वर्षीय हेमन्त कुमाल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

रोल्पाको माडी गाउँपालिका–३ तालावाङस्थित माछापोखरी नजिक टहरामा परिवर्तन गाउँपालिका–२ कम्वाङ बस्ने २५ वर्षीय दुर्गा बहादुर पुन र उनकै श्रीमती बुधबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाको थप अनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पा, इलाका प्रहरी कार्यालय घर्तिगाउँ र कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा कोहलपुरबाट कुकुरसहित प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।