निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग बयान सुरू



काठमाडौं ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सुरू भएको छ । समिति सदस्य प्रमोद साहका अनुसार उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा सवाल सोधिनेछ । तीमध्ये २१ वटा प्रश्न बार एशोशिएशनले बुझाएको विवरणबाट छ ।

‘उहाँको लिखित र मौखिक दुवै बयान हुन्छ । बार एशोशिएशनले २१ वटा दिएको छ । हामीले तयार पारेको ४३ वटा छ । उहाँको जवाफ के आउँछ त्यसलाई अध्ययन गर्छौं’, साहले बताए ।

यसअघि नेपाल बारले राणामाथिको महाअभियोग प्रस्तावलाई पुष्टि गर्न आरोपसँग सम्बन्धित कागजात समितिलाई पेस गरेको छ । बारको ३५ बुँदे विवरणमा विभिन्न मुद्दासँग सम्बन्धित फैसला, न्यायाधीशहरूको सरुवा बढुवा, मुद्दा प्रभावित पार्न गरिएका टेलिफोनलगायतका विषय समावेश छन् । गत १ फागुनमा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्