भोटाहिटी क्षेत्रका अवैध संरचना धमाधम भत्काइयो



काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काइएको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काइएको हो ।

महानगर प्रमुख बालेन्द्र साह (बालेन)कै अग्रसरतामा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ ।

अनुमति नलिई, नक्सा पासविपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्