कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्छ : केन्द्रीय सदस्य पौडेल


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्ने बताउनुभएको छ ।

कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा कांग्रेसको नेतृत्वमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा धेरै काम भए पनि ती विषयलाई जनतामाझ पु¥याउन नसकिएको बताउनुभयो ।

गण्डकी प्रदेशको समग्र विकासको खाकासहित कांग्रेस गण्डकी प्रदेशले अघि सारेको अवधारणापत्र अन्य प्रदेशका लागि पनि अनुकरणीय हुने उहाँले बताउनुभयो । दलहरूबीचको गठबन्धनलाई योजना र कार्यक्रमसँग जोड्नुपर्नेमा नेता पौडेलले जोड दिनुभयो ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले देशको समग्र विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक भएको बताउँदै यसका लागि नेता तथा कार्यकर्ता सक्रिय बन्नुपर्ने बताउनुभयो ।

कांग्रेस गण्डकी प्रदेशले अवधारणापत्रसहित प्रदेशको समृद्धि र विकासका योजना अघि सारेको बताउँदै ती सङ्कल्पलाई पूरा गर्नका लागि निर्वाचनमा विजयी बन्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।