गठबन्धन नगरी एक्लै हिंड्ने पार्टीको भविस्य अन्योल : पूर्वप्रधानमन्त्री खनाल



बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धन नगरी एक्लै हिंड्ने पार्टीको भविस्य अन्योलग्रस्त बताएका छन् ।

आज (आइतबार) भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् ।

उनले विभिन्न पार्टीहरुले एकआपसमा एकता गरेर अघि बढ्नु नै अहिलेको मुलुक र देशवासीको आवश्यकता रहेको बताए ।

उनले अहिले पाँच दलीय गठबन्धन गरेर आफूहरु अघि बेढेको र निर्वाचनमा गठबन्धनले नै सफलता हासिल गर्ने समेत दावी गरे ।

एमालेसँग सहकार्य हुन्छ की हुँदैन ? भन्ने पत्रकारको प्रश्नमा खनालले यस विषयमा सहकार्य गर्ने चहाना पार्टीहरुमा हुनुपर्ने तर अहिले त्यस्तो सम्भावना नभएको बताए ।

उनले मुख्य नेताहरुले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन नसकेका कारण अहिले एक खालको विखण्डनको अवस्था आएको बताउँदै सही वैचारिक सिद्धान्त र समाजवादी कार्यदिशाका आधारमा केही वर्षमै कम्युनिष्ट आन्दोलन एकताबद्ध हुने बताए ।

फरक प्रसंगमा खनालले २०४८ सालदेखि इलाम क्षेत्र नम्बर १ बाट आफू निर्वाचन लड्दै आएको र अहिले पनि त्यहीबाट लड्ने बताए ।

अहिले पनि त्यहाँका जनताले आफूसँगको मायाप्रिति नघटाएको बताउदै पूर्वप्रधानमन्त्री खनालले त्यो मायाप्रिती झन् गहिरो बनाउने आफ्नो चहाना रहेको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्