माओवादी केन्द्रको उपाध्यक्षमा भुसालसहित ५ जना चयन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पाँच जना नेताहरुलाई उपाध्यक्षमा चयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।

नेकपा माओवादी केन्द्रको बुधबार सुरु भएको स्थायी समिति बैठकमा पदाधिकारी टुंगो लगाउने विषयमा छलफल भएको थियो । बिहीबार बस्ने बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि साँझसम्म बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्