चिकित्सा शिक्षा आयोगले शिक्षकका लागि उमेर हद ७० वर्ष तोक्यो



काठमाडौं । चिकित्सा शिक्षा आयोगले उच्च शिक्षा अध्यापनका शिक्षकको मापदण्ड तोकेको छ । चिकित्सा शिक्षाको उच्च शिक्षा अध्यापनका शिक्षकको मापदण्डका लागि कार्यविधिलाई आयोगको कार्यकारी समितिले गत साउन २४ गते स्वीकृत गरेको थियो ।

गुणस्तरीय चिकित्सा शिक्षा कायम गर्न उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यता सम्बन्धी मापदण्ड, २०७९ कार्यविधि जारी गरिएको आयोगले जनाएको छ ।

कार्यविधि अनुसार विश्वविद्यालय वा प्रतिष्ठान वा शिक्षण संस्था अन्तर्गत मेडिकल र डेन्टलतर्फको शिक्षक (फ्याकल्टी) हुनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने मापदण्ड कार्यविधिमा तोकिएको छ । शिक्षकका लागि उमेर हद ७० वर्ष तोकिएको छ ।

डेन्टल बाहेकका विषयका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धित विषयमा विद्यावारिधि वा सो सरह उपाधि प्राप्त गरेको हुनुपर्ने छ । तर नर्सिङ विधाका शिक्षकका लागि विद्यावारिधि अनिवार्य हुने छैन ।

प्रतिक्रिया दिनुहोस्