लमजुङको घनपोखरामा जीप दुर्घटना, १५ जना घाइते



लमजुङ । मर्स्याङदी गाउँपालिका २ घनपोखरामा बुधबार जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीले कार्यालय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताउनुभयो ।

बेसीशहरबाट घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइतेको प्रहरी र स्थानीय मिलेर उद्धार गरेको वडाध्यक्ष चेतबहादुर गुरुङले बताउनुभयो । घाइतेलाई ४ वटा जीपमा उद्धार गरी लमजुङ जिल्ला अस्पताल ल्याइँदै गरेको सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्