दार्चुलामा जीप दुर्घटना हुँदा ५ को मृत्यु ४ घाइते



दार्चुला । जिल्लाको गोकुलेश्वरबाट दार्र्चुला सदरमुकाम खलंगा आउदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा पर्ने उल्लानीमा उक्त जीप दुर्घटना हुँदा ५ जनाको घट्ना स्थलमै मृत्यु भएको घट्नास्थलबाट स्थानीय पत्रकार गणेश सिंह धामीले जानकारी दिनभुयो ।

मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जीप दुर्घटना भएको उहाँले जानकारी दिनुभयो ।

जीप दुर्घटनामा परी ४ जना पुरुष तथा १ जना महिलाको घट्ना स्थलमै मृत्यु भएको खबर प्राप्त भएको छ । जीप दुर्घटनामा परी ४ जना घाइते भएको उहाँले जानकारी दिनुभएको छ ।

घट्ना स्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु खटिएका छन् । भने उद्दारको कार्य भइरहेको प्रारम्भिक खबर पनि प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्