बल प्रयोग गरेर फोहोर खसालियो



काठमाडौं । करिब २ सय ५० प्रहरीको सुरक्षा घेराभित्र उपत्यकाको फोहोर बञ्चरेडाँँडा ल्याण्डफिल साइटमा खसालिएको छ । प्रहरीले स्थानीय आन्दोलनकारीलाई लखेटेर डाँडा कटाएपछि दिउँसोदेखि धमाधम फोहोर खसालिएको छ । काठमाडौ महानरपालिका वातावण व्यवस्थापन विभाग प्रमुख सरिता राईले हालसम्म १ सय ४० ट्रक फोहोर खसालिएको जानकारी दिनुभयो ।

भन्नुभयो–सुरक्षाकर्मीको निगरानीमा उपत्यकाको फोहोर फाल्न शुरु गरिएको जानकारी दिनुभयो । आजपनि स्थानीय र प्रहरीबीच लगातार झडप भैरहको अवस्थमा प्रहरीले सबै गाडीलाई घेराहाली फोहोर खसालेको हो ।

काठमाडौबाट गएको प्रहरीले सुरक्षा दिएपछि फोहोर फ्यान्न शुरु गरेको विभागको भनाई छ । सुरक्षाकर्मीको बीचमा राती ९ बजेसम्म फोहोर फ्याक्नेगरी व्यवस्था गरिएको छ । स्थानीयले तगातार नाराबाजी गरिरहेको अवस्थामा प्रहरीले बाटो खुला गरी फोहोर खसालेको हो ।

आज दिउसो सामान्य झडप भएको थियो । प्रहरीले आन्दोलन गरिरहेका दीपेश कार्कीलाई नियन्त्रणमा लिएको छ । हिजो दुईतर्फी झडपको क्रममा प्रहरीले रबरको गोली चलाउदा एकजना घाइते भएका थिए ।

अब जस्तोसुकै परिस्थिति भएपछि प्रहरीको सुरक्षा घेरबाटा फोहोर खसालेै छाड्ने विभागीय प्रमुख राइले बताउनुभयो । हामी रातीपनि फोहोर लैजाने तयारी गरिरहेका छौ, सरकारले पुर्ण सुरक्षा दिएको कारण सवारी चालकलाई समस्या परेको छैन ।

कामपाको मेयर वालेन्द्र साहले प्रहरी खटाएर फोहोर फ्याक्ने मानगरको नीति नभएको बताउनुभएको छ । प्रवक्ता नविन मानन्धरले महिनौसम्म बाटोमै फोहोर थुप्रिएको हेरेर बस्न नसक्ने भएपछि सरकारको सहयोगमा प्रहरी परिचालन गरी फोहोर फ्याकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्