अस्ट्रेलियामा नेपाली विद्यार्थीको सहारा बन्दै होम दवाडी



काठमाडौं । पाल्चोककी जुनु श्रेष्ठ आजभन्दा चार महिना अगाडि अध्ययनका लागि अस्ट्रेलिया पुगिन् । स्नातक अध्ययनका लागि अस्ट्रेलिया पुगेकी उनले भोलिबाटै फुड्स् प्याकिङमा काम पनि पाइन् ।

अध्ययनको समयलाई छोडेर कानुनले दिएको परिधिमा रही काम गर्दा उनले हप्तामा १५ सय अस्ट्रेलियन डलर कमाइरहेकी छन् । अर्थात् उनको महिनाको आम्दानी ६ हजार अस्ट्रेलियन डलर छ ।

उनीसँगै अस्ट्रेलिया पुगेका हेटौंडा घर भइ काठमाडौं बस्ने समुन्द्र गौतमले पनि गएको भोलिपल्टै फार्म हाउसमा सुपरभाइजरको काम पाए । उनले पनि महिनामा ५ लाखभन्दा धेरै आम्दानी गरिरहेका छन् । अध्ययनसँगै काम पनि पाउँदा उनी दङ्ग छन् ।

त्यस्तै, चार बर्षअघि अस्ट्रेलिया पुगेका रुकुममा पलसिंह विस्ट र भोगेन्द्र खड्काको स्नातक तहको अध्ययन सकिएको छ । उनीहरु अहिले महिनाको ८ लाखसम्म आम्दानी गरिरहेका छन् । उनीहरुका अनुसार कुनै सिजनमा दिनकै एक लाखसम्म आम्दानी हुन्छ ।

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अस्ट्रेलियन एजुकेशन कन्सल्टिङमार्फत अस्ट्रेलिया पुगेका एक सय ५० जना भन्दा धेरैको भविष्य उज्यालो बनेको छ । कन्सल्टेन्सीका सीइओ होम दवाडी अस्ट्रेलियामै बस्ने भएकाले उनीहरुले समयमै आफ्नो जिन्दगी सेटल गर्न सफल भएका हुन् ।

नेपालबाट अस्ट्रेलिया पुग्ने जोकोहीलाई पनि उनले विभिन्न खालको सहयोग गर्दै आएका छन् । त्यहाँ उनले छुट्टाछुट्टै तीनवटा कम्पनी संचालन गरेर नेपाली विद्यार्थीहरुलाई आवश्यक सहयोग गरिरहेका छन् । एचडी माउन्टेन्ट क्लिनिङ, माउन्टेन्ट हार्भेस्टिङ कम्पनी र एईसी माइग्रेसन एण्ड एजुकेशन उनले संचालन गरेको कम्पनीहरु हुन् ।

एचडी माउन्टेन्टले अफिस क्लिनिङ, हाउस किपिङ, हाउस क्लिनिङको काम गरिरहेको छ । नेपालबाट गएका अधिकांश विद्यार्थीहरुलाई आफ्नै कम्पनीहरुमा काम दिने गरेको दवाडीको भनाइ छ । ‘हामी सकेसम्म हाम्रै कम्पनीमा काम दिने प्रयास गर्छोँ । एचडी माउन्टेन्टमा काम नभएमात्र मेरो अर्को कम्पनी माउन्टेन्ट हार्भेस्टिङले काम पाउँछ । त्यसको काम लेभर हायर गर्ने हो ।’

कामदाता कम्पनी र कामदार भेटाइदिने काम माउन्टेन्ट हार्भेस्टिङले गर्ने उनको भनाइ छ । यता एईसी माइग्रेसन एण्ड एजुकेशनले नेपाली विद्यार्थीहरुका समस्याहरुको समाधाना गर्ने काम गर्छ । साथै, बसाईसराई गर्न चाहानेलाई सहजीकरण र पीआर एप्लाई गर्न चाहानेलाई सहजीकरण गरिरहेको छ ।

नेपालबाट अस्ट्रेलिया पुगेका विद्यार्थीहरुलाई दवाडीले एयर्पोट पिकअप, बिभिन्न क्षेत्रमा काम खोजिदिने, योग्यता पुगेकाहरुलाई पिआरका लागि सहजीकरण गरिदिने र नेपालबाट बसाइँसराइ गर्न चाहानेलाई सहि परामर्श दिने काम गरिरहेका छन् । उनको मातहतमा काम गर्ने नेपालीमात्र छैनन् मलेसियन, फिलिपियन, स्टिमोर, चाइनिजहरु पनि छन् ।

उनले अस्ट्रेलियाको मेलवर्न, व्रिजवर्न, सिड्नीलगायत सबै ठाउँमा एकै साथ सेवा दिइरहेका छन् । ‘काम गर्दै जाँदा कहिलेकाही समस्याहरु पनि आउँछन् । हामी अस्ट्रेलियाको जुनकुनै ठाउँमा नेपालीलाई समस्या पर्यो भने उहाँहरुको समस्या समाधान गर्न पुगिहाल्छौँ ।’ उनले भने, ‘हामी हाम्रो, हाम्रो विद्यार्थीको र कामदार सबैको समस्या समाधान गर्न तत्पर छौँ । समस्याको पहिचान गरेर त्यसको समाधान गर्नु हाम्रो कर्तव्य ठान्दछौँ ।’

‘नेपालमा पनि केही समयअघि कोभिडका कारण विद्यार्थीको भिसा नलाग्दा केही गिरोहले आफ्नो बदनाम गर्न खोजेको थियो ।’, उनले भने, ‘बदनाम गर्ने षड्यन्त्र भएको थाहा पाउने वित्तिकै हामीले उक्त षड्यन्त्रलाई निस्तेज पार्न सफल भएका छौँ । समस्या आउँदैनन् भन्ने होइन । त्यस्ता समस्याहरुको समाधान गर्न हामी सक्षम छौँ ।’

प्रतिक्रिया दिनुहोस्