फोहोर बिर्सनमा स्थानीयको अवरोध, प्रहरीद्वारा हवाईफायर



काठमाडौं । प्रहरीको सुरक्षा घेरामा फोहोर बोकेको सवारी साध भर्खरै (साढे ३ बजे) बञ्चरे ल्याण्डफिल साइट पुग्नै लाग्दा स्थानीयले ढुंगा प्रहार गरेपछि सवारी साधन सुरक्षित स्थानतर्फ फर्किएका छन् ।

प्रहरीले भीड नियन्त्रण गर्न केही सेल हवाइ फायर गरेको छ । करिब ३ सयको संख्यामा रहेको प्रहरीको सुरक्षा घेरा तोडेर खोचमाथि तीनतिरबाट ढुंगा प्रहार गरेपछि फोहोर बिसर्जन हुन सकेन ।

बिहानै करिब दुई सय सवारी साधन आलेटार पुगेका थिए । प्रहरीको थप सुरक्षाबल साढे २ बजे आएपछि सो टोलीले स्कर्टिङ गरी बञ्चरे ल्याण्डफिलतर्फ लगेको थियो ।

प्रहरीले आन्दोलनकारीलाई लखेटेर सुरक्षा घेरा बनाएपछि सवारी साधन बञ्चरेतिर पुगेको थियो । फेरी लगातार ढुंगा हान्न थालेपछि फोहोर बोकेको ट्रक फर्किएका छन् ।

धुनिवेशी नगरपालिका–१ स्थित डाडामाथिबाट प्रहरीमाथि ढुंगा प्रहार गरेको स्थानीय उत्तम पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्