नेविसंघको तालाबन्दीको विरोधमा अनेरास्ववियु त्रिविद्वारा हस्ताक्षर संकलन



काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान शुरु गरेको छ ।

त्रिविको केन्द्रीय कार्यालयमा आज (आइतबार) र भोलि (सोमबार) हस्ताक्षर संकलन गरेर कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।

नेपाल विद्यार्थी संघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिवि केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ ।अनेरास्ववियुले सो तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्