तस्बिरमा हेर्नुहोस् पशुपतिमा जनैपूर्णिमाको रौनक



काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ ।

आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ ।

वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ ।

सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ ।

आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्