करेन्ट लागेर एक जनाको मृत्यु



दयाराम पण्डित बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

आज (शुक्रबार) बडिमालिका नगरपालिका–८ का भक्त रावललाई करेन्ट लागेर थियो । शुक्रबार बिहान नेविप्रा राष्ट्रिय प्रशासरण केन्द्रअन्तर्गत बल्देस्थित ११ केभिए लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर रावल गम्भीर घाइते भएका थिए ।

घाइते रावलको उपचारका लागि तत्काल बयालपाटा अस्पाताल लगिएको उनका आफन्त अके रावलले बताए ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि एम्बुलेनसमार्फत कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको मृतकका आफन्त रावलले बताए ।

रावल नेपाल बिद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रमा कार्यरत कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्