एकै परिवारका तीन जनाको मृत्यु



धनगढी । बझाङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल नगरपालिका–९ का पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

अवस्थीका अनुसार उनीहरु घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्