फोनिजले तीन पूर्वअध्यक्षलाई अभिनन्दन गर्ने



काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले पूर्वअध्यक्षहरुलाई अभिनन्दन गर्ने भएको छ ।

फोनिजको सांगठनिक जीवनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै संस्थापक अध्यक्ष र दुई पूर्वअध्यक्षलाई अभिनन्दन गर्न लागेको हो ।

फोनिजले संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पुर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई २३ औँ स्थापना दिवसको अवसरमा अभिनन्दन गर्ने निर्णय गरेको महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोह मार्फत उनीहरुलाई अभिनन्दन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्