प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं ।

प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सागर बहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी निरज पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

प्रधान सेनापति शर्माले सोमबार जंगी अड्‌डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नती भएका उपरथी  सागर बहादुर थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन्  ।

सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका तीन जना महा सेनानीहरु र महा सेनानी दर्जामा पदोन्नती हुनु भएका पाँच जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान  गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्