पैदल हिँडिरहेकी महिलालाई लडाएर मोबाइल र नगद चोरी गर्ने पक्राउ



काठमाडौं । पैदल हिँडिरहेकी महिलालाई लडाएर मोबाइल र नगद चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

काठमाडौं बालाजु कुमारी स्थानको बाटोमा हिँडिरहेकी गायत्री ढकाललाई मोटरसाइकलमा सवार अपरिचित दुई जनाले धक्का दिएर लडाइ मोबाइल र नगद चोरी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा नगरापलिका–३ बस्ने २५ वर्षीय सागर दर्जी र काठमाडौं तारकेश्वर नगरपालिका–९ का १९ वर्षीय अमिर महर्जन रहेको प्रहरी बृत्त बालाजुले जनाएको छ ।

दर्जी र श्रेष्ठको साथबाट खुकुरी १ थान, मोबाइल २ थान, गाँजाको धुलो ५५१ ग्राम र २२० सीसीको पल्सर बाइक १ थान पनि बरामत गरिएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

उनीहरूलाई साउन २० गते बेलुका मनमैजु र बानियाँटारबाट प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्