सामाजिक सञ्जालमार्फत महिलालाई अपमान गर्ने एक जना पक्राउ



कठमाडौं । सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली पाश्र्वचित्र बनाई लाइभमार्फत हैरानी तथा अपमान गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमी नगरपालिका–३ टाँकु बस्ने २९ वर्षीय मोहन कुवर रहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता पशुपति कुमार रायले बताए ।

प्रतिक्रिया दिनुहोस्