जबराविरुद्धको महाभियोग प्रस्तावप्रति एमालेको विरोध



काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्धको महाभियोग प्रस्तावप्रति विरोध गरेका छन् । आज (आइचतबार) संसद्को बैठकमा उनीहरूले विरोध गरेका हुन् ।

उक्त बैठकमा एमाले सांसदहरूले जबराविरुद्धको महाभियोग ढिला गरी प्रस्ताव गरेको भन्दै विरोध गरेका छन् । उनीहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग विचाराधीन राखेर कार्यकाल सक्ने षड्यन्त्र गरेको भन्दै आरोप लगाएका छन् । एमाले सांसदहरुले अभियोग लगाएको ५ महिनापछि छलफल थालेको भन्दै प्रश्न उठाएका छन् ।

एमाले सांसद महेश बस्नेतले भने- ‘महाअभियोग प्रस्ताव दर्ता भएको ५ महिनापछि यो छलफल गरिरहेका छौँ । यो छलफल पनि छिनोफानो हुने ढंगले हैन कि प्रधानन्यायाधीशको कार्यकाल मंसिर १४ गते सकिँदैछ । निर्वाचनको मिति सकिइसकेको छ र आलटाल गर्नका लागि छानविन गर्ने र विचाराधीन रहेकै अवस्थामा उहाँको कार्यकाल सक्ने भन्ने षडयन्त्रका साथ छलफलमा आएको अनुभूति गर्न सकिन्छ ।’

एमालेकै अर्की सांसद भनिन्- ‘यो सत्तापक्ष दललाई हामीसँग दुई तिहाई छैन भन्ने थाहा हुँदाहुँदै हचुवाका भरमा जबरामाथि किन र केका लागि महाअभियोग लगाइएको थियो र किन हालसम्म किनारा लगाइएन भन्ने कुरा सभामुखमार्फत तथ्य र कारणसहित आम जनतालाई जानकारी गराउन म जोडदार माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्