लोसपा सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवासँग छलफल गर्दै



काठमाडौं । गठबन्धन सरकारमा सहभागी हुन लोसपाका नेताहरूले प्रधानमन्त्री देउवासँग छलफल गर्ने भएका छन् । आज (आइतबार) सरकारमा सहभागी हुन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएका हुन् ।

चुनावको मिति घोषणा हुनुपूर्व लोसपा सरकारमा सहभागी हुनका लागि छलफलमा थियो । तर, सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उसलाई सहभागी गराउन नहुने भन्दै असन्तुष्टि जनाएपछि छलफल नै रोकिएको थियो ।

तथापि प्रधानमन्त्री देउवा लोसपालाई सरकारमा सहभागी गराउने पक्षमा सकारात्मक छन् ।

सरकारमा सहभागी र आफ्ना नेता-कार्यकर्तामाथि लगाइएका राजनीतिक मुद्दा फिर्ता लिने सम्बन्धमा छलफल हुने जनाइएको छ ।

छलफल आज अपरान्ह ४ बजे बालुवाटारमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्