१ करोड फिरौती माग्ने ६ जना पक्राउ

चिनियाँ व्यापारी अपहरणमा प्रहरीकै संलग्नता



काठमाडौं । 

नेपाल बसेर व्यापार गर्दै आएका एक चिनियाँ नागरिकलाई प्रहरीकै संलग्नतामा अपहरण गरी १ करोड फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
लाजिम्मपाटस्थित फ्ल्याटमा बस्दै आएका चिनियाँ नागरिक ¥याङ च्याङलाई कोठाबाट नै अपहरण गरी अपहरणकारीले १ करोड फिरौती लिएका थिए । बुधबार बेलुकी ६ जनाको समूहमा आएको अपहरणकारीको समूहले अपहरण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिनुभयो ।

अपहरणमा संलग्न रहेकामध्ये एक जना ती चिनियाँ नागरिकका पूर्वपरिचित नेपाली थिए । उनी ओखलढुंगाका सूर्यबहादुर राई हुन् । उनी चिनियाँ नागरिक -याङका दोभासेसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।राईसहितको टोलीले ती चिनियाँ नागरिकलाई हतकडी लगाएर कोठामा भएको रकम ९ लाख र दुई दर्जनभन्दा बढी मोबाइल सेटसमेत अपहरणकारीले सँगै लगेका थिए । अपहरणकारीसँग प्रतिवाद गरेका ती चिनियाँ नागरिकलाई अपहरणकारीको समूहले कुटपिटसमेत गरेको थियो ।

अपहरणकारीको समूहले पूर्वयोजनामुताविक अपहरणमा परेका ती चिनियाँ नागरिकलाई एउटा भाडाको ट्याक्सीमा राखेर नयाँ बसपार्कस्थित न्यु स्वर्गद्वारी प्युठान होटलमा पु¥याए बन्दक बनाएका थिए । अपहरण गरेर होटलमा पु¥याएपछि सो समूहले ती चिनियाँ नागरिकसँग १ करोड रुपियाँ फिरौती मागेको पनि अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले अपहरणमा संलग्न रहेको अभियागमा ६ जनालाई पक्राउ गरेकोमा २ जना प्रहरी कर्मचारी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

पक्राउ पर्ने प्रहरी कर्मचारीमा उच्च अदालत पाटनका एक न्यायाधीशका निजी सुरक्षा अधिकृतका रूपमा खटिएका प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र महानगरीय प्रहरी वृत्त बालाजुको घुमुवाको रूपमा रहेका प्रहरी जवान शिव सुनार रहेको पनि प्रहरीले जानकारी दिएको छ । अपहरणमा परेका भनिएका चिनियाँ नागरिक पनि नेपालमा अवैध गतिविधिमा संलग्न रहेको आशंका छ ।

अपहरणकारी समूहबाटै ती चिनियाँ नागरिक अपहरणमा परेको सूचना पाएपछि प्रहरीले एउटा रेस्क्यु टोली बनाएर अपहरित चिनियाँ नागरिकलाई सकुशल अपहरण मुक्त गरेको थियो । प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा गोरखाका लक्ष्मण गुरुङ, सर्लाहीका रोहित मगर, प्युठानका विशाल मगर र नुवाकोटका विनोद केसीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्