६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह (फोटोसहित)



काठमाडौं । सरकारद्वारा पदोन्नति भएका नेपाल प्रहरीका ६३ जना प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । आज (बिहीबार) प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उतीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

५७ जना पदोन्नति भएका र ६ जना खुल्ला प्रतियोगिताबाट नियुक्त प्राविधिक प्रहरी निरीक्षक गरी जम्मा ६३ जना प्रहरी अधिकृतहरूलाई महानिरीक्षक धिरज प्रताप सिंहले दज्र्यानी चिन्ह सुशोभन गरेका छन् ।

दज्र्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्