चिनियाँ नागरिक अपहरण प्रकरण : न्यायाधीशका पीएसओ र घुमुवा प्रहरी नियन्त्रणमा



काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती माग्ने दुईजना घुमुवा प्रहरी र उच्च अदालतका एक न्यायाधीशका पीएसओलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका उच्च अदालतका न्यायाधीशका पीएसओ रहेका हवल्दार कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा शिव सुनुवार भएको प्रहरीले जनाएको छ ।

त्यस्तै लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र विनोद केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यतिबेला घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिनियाँ नागरिकलाई अपहरण गरी नयाँ बसपार्कमा बन्धक बनाएको आरोपमा दुईजना घुमुवा प्रहरी र उच्च अदालतका एक न्यायाधीशका पीएसओसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्