इनारभित्र एक जनाको शव फेला



उदयपुर ।

उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव इनारभित्र फेला परेको छ ।

कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव इनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले ईनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थियो ।

घटनास्थल पुगेर शव निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मानबहादुर राईले राईले बताए । घटनाका विषयमा थप अनुसन्धान भई रहेको पनि उनले जानकारी दिए । कसरी घटना भयो अनुसन्धान गरिरहेका छौं ’, डिएसपी राईले भने ।

घटना लगत्तै शसस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका प्रहरीको टोलीले शव इनारबाट निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्