प्रहरी सिनियर अधिकृतको प्रशासनिक व्यवस्थापन तालिम सम्पन्न



????????????????????????????????????

काठमाडौं । सशस्त्र प्रहरी बल प्रशिक्षण नेपालका सिनियर अधिकृतहरुको प्रशासनिक व्यवस्थापन तालिम सम्पन्न भएको छ । आज (मंगलबार) उक्त तालिम सम्पन्न भएको हो ।

तालिममा अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले प्रथम हुने नायब उपरीक्षक जगतसिंह डागालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । उनले प्रहरीका कार्यालयहरुमा प्रशासनिक कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न, संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुको अभिलेखिकरण, सजाय र पुरस्कार तथा गुनासो व्यवस्थापनमा यस किसिमको तालिमले थप सहयोग पु¥याउने बताए ।

 

पौडेलले तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्दै आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यवसायिक एवं कार्यालयको काममा एकरुपता ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

पाँच हप्ता अवधिको लामो तालिममा ९ जना नायव उपरीक्षक र २३ जना निरीक्षक गरी कुल ३२ जना सशस्त्र प्रहरी अधिकृतहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

उक्त तालिमको समापन कार्यक्रम तथा प्रशिक्षणमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उक्त कार्यक्रमको सम्पन्न गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्