वागमती प्रदेशबाट सबैभन्दा धेरै अर्थात् झण्डै २२ प्रतिशत उत्तीर्ण



ljgfzsf/L e”sDksf sf/0f Ps dlxgfkl5 ;~rfngdf cfPsf] sIff !@ sf] klxnf] lbgsf] k/LIff lbFb} 5fqf . tl:a/ M k|bLk/fh jGt, /f;;

एसईई परीक्षामा प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४ सय ९१ परीक्षार्थी उतीर्ण भएका छन् । कुल उत्तीर्ण प्रतिशतको आधारमा प्रदेश १ बाट १७ दशमलव ४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै, मधेस प्रदेशबाट ७६ हजार ८ सय ४७ जना अर्थात् १५ दशमलव ५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४ सय २५ जना अर्थात् २१ दशमलव ६७ प्रतिशत उतीर्ण भएका छन् ।

यसै गरी गण्डकी प्रदेशबाट ४६ हजार १ सय २९ जना अर्थात् ९ दशमलव ३५ प्रतिशत, लुम्बिनी प्रदेशबाट ८६ हजार ४ सय ८७ अर्थात् १७ दशमलव ४५प्रतिशत, कर्णालीबाट ३७ हजार ३ सय ६२ अर्थात् ७ दशमलव ५३६ प्रतिशत र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना अर्थात् ११ दशमलव ५ प्रतिशत उत्तीर्ण भएका छन् । सबै प्रदेशबाट गरी कुल ४ लाख ९५ हजार ७ सय ५१ जना परीक्षार्थीले एसईई परीक्षा उत्तीर्ण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्